प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

प्रचण्ड पत्नी सीता अस्पतालबाट डिस्चार्ज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहाल स्वास्थ्यलाभ गरी सोमबार निवास फर्किएकी छन् । यही माघ ६ गतेदेखि ललितपुरको सुमेरु अस्पतालमा उनको भाइरल ज्वरोको उपचार भइरहेको थियो ।

उनको स्वास्थ्यमा सुधार आएपछि सोमबार मध्याह्न घर फिर्ता गराइएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनलाई आइतबार सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको थियो । उपचारमा संलग्न चिकित्सक डा अशोक अधिकारीका अनुसार सामान्य कक्षमा उनको निगरानीपछि स्वास्थ्यमा सुधार देखिएपछि सोमबार निवास फर्किएकी हुन् ।