९२ हजार नगर सहित सात जना जुवाडे पक्राउ

९२ हजार नगर सहित सात जना जुवाडे पक्राउ

धनगढी : प्रहरीले ९२ हजार रुपैया सहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले तास खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–३ मालाखेतीको ईट्टाभट्टा भन्ने स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा भक्तवहादुर विष्ट, नवराज भट्ट, सुरेन्द्र विष्ट, किसन भण्डारी, रमेश गुप्ता, खड्क शाह र भुपेन्द्र शाह रहेका छन । प्रहरीले उनीहरुको ठेगाना भने खुलाएको छैन । 

पक्राउ परेका सातै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र जुवा ऐन अनुसार कारवाही हुने प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । 

प्रहरीका अनुसार उनीहरु हरेक दिन अत्तरीया आसपास स्थान फेरेर तास खेल्दै आएका थिए । 

प्रहरीले उक्त समुहलाई मोवाईल जुवाडेको नामले चिन्ने गरेको थियो ।