एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए भने अर्का चाहिँ दुलहीको परिवारले खोजेका केटा थिए ।

ककलापुर गाउँमा दुलहीको घरमा जन्ती पुगेको थियो । दुलहीको परिवारले जन्तीको स्वागत गरेको थियो । केही समयपछि दुलहीका प्रेमी पनि जन्ती लिएर पुगे । प्रेमीलाई देखेर दुलही खुशी भइन् तर अन्य मानिस चाहिँ हतप्रभ भए । 

जन्ती लिएर आएको प्रेमी देखेपछि दुलहीले आमाबुवाले रोजेको केटासँग विवाह गर्न अस्वीकार गरिन् । झैझगडा हुन लागेपछि प्रहरीलाई खबर गरियो । प्रहरीले दुलही र उनका प्रेमीलाई हिरासतमा लियो । 

अनौठो कुरा त, दुलहीका प्रेमीको पनि अर्कै ठाउँमा विवाह हुन लागेको थियो । तीन पक्षबीच प्रहरी चौकीमा घन्टौंसम्म कुराकानी भएपछि दुलही पक्षले जन्ती लिएर आएका दुलाहालाई भैगो भने । त्यसपछि उनले तिलकमा पाएको मोटरसाइकल फर्काए । 

अनि दुलहीका प्रेमीले पनि अर्को कुरा चलेको ठाउँमा सामान फर्काए । तीनै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि प्रहरीको उपस्थितिमा दुलही र उनको प्रेमीको विवाह भयो ।