बालिका मृत्यु र सातवटा टिपर आगजनीपछि सुन्दरहरैंचामा निषेधाज्ञा

बालिका मृत्यु र सातवटा टिपर आगजनीपछि सुन्दरहरैंचामा निषेधाज्ञा

टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएपछि मोरङको सुन्दरहरैंचा क्षेत्र तनावग्रस्त बनेको छ । प्रशासनले तनावग्रस्त क्षेत्रमा निषेधाज्ञा (कर्फयू) जारी गरेको छ । प्रशासनले सोमबार बिहान ११ः१५ बजेदेखि दक्षिणमा बेलेपुर, उत्तरमा विराटचौक, पश्चिममा बधबारे र पूर्वमा सुकुना क्याम्पससम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । 

स्थानीयले बालिकाको शव पनि घटनास्थलमै राखेर नारा जुलुस गर्दै वटा ट्रिपर जलाएका हुन् । बालिकालाई ठक्कर दिई भागेको ट्रिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । स्थानीयले क्रसर व्यवसायीको ७ वटा ट्रिपरमा आगजनी गरेका छन् । आगजानीपछि सो क्षेत्रमा ठूलोमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

सुन्दरहरैंचा ९ की ११ वर्षीया लक्ष्मी ढकाललाई टिपरले ठक्कर दिंदा मृत्यु भएपछि आक्रोसित स्थानीयले बालिकाको शव सडकमा राखेर विरोध गर्दै आगजनी गरेका छन । आगजनीपछि सुन्दरहरैंचा, बेलबार र केरबारी क्षेत्रको विद्युत लाइन अवरुद्ध बनेको छ । बालिकालाई ठक्कर दिएर भाग्न खोज्ने टिपरमा पनि आगजनी भएको छ ।

स्थानीयले निषेधाज्ञाको उलंघंन गर्दै विरोध जारी राखेका छन् । विराटचौक भएर पूर्वतर्फ जाने यातायात बन्द छन् । जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठको नेतृत्वमा प्रहरी पचिालन भएको छ । घटनास्थलमा सशस्त्र प्रहरीको समूह पनि परिचालि छ । मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले स्थितिलाई सामान्य बनाउने प्रयास भईरहेको जानकारी दिएका छन् ।

बालिकालाई विराटनगरका गोपाल साहको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । आक्रोसित स्थानीयले क्रसर व्यवासायी भिम पौडेलको एउटा, केराबारी गाउँपालिकाका गोपाल कार्कीको दुईवटा ट्रिपर जलाई दिएका छन् । आक्रोसित सर्वसाधारणले प्रहरीकै सामुन्नेमा ट्रिपरहरु जलाउन निक्कै ठूलो संख्यामा भेला भएका थिए ।

काकासँग बसेर पढ्थिन लक्ष्मी
सुन्दरहरैँचामा सोमबार टिपरको ठक्करबाट मृत्यु भएकी ११ वर्षीय लक्ष्मी ढकाल काकाको घरमा बसेर पढ्थिन । उनी सुरन्दरहरैंचाकै नमुना बोर्डिङ स्कुलमा कक्षा ३ की विद्यार्थी हुन् । सुन्दरहरैँचा १ कुमारगाउँका चुडामणी ढकालकी छोरी उनी काका लेखनाथ ढकालसँगै डेरमा बसेर पढ्थिन । बिहान सडकतिर निस्केकी उनलाई टिपरले ठक्कर दिएको थियो । उनका घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय बेलबारीले जनएको छ ।