बाजुराको त्रिवेणी नगरपालिकामा जीप दुर्घटना हुदा वडाध्यक्ष सहित दुई जनाको मृत्यु

बाजुराको त्रिवेणी नगरपालिकामा जीप दुर्घटना हुदा वडाध्यक्ष सहित दुई जनाको मृत्यु

बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका पिपलसैनमा भएको जिप दुर्घटनामा परी वडा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। घटनामा ५ जना घाइते भएका छन्।

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका १ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका ३ बस्ने एक जना महिला रहेका छन्। महिलाको नाम खुलेको छैन्।

बुढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नम्बरको जिप साढे ७ बजेतिर दुर्घटना भएको प्रहरीले बताएको छ। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ।

घाइते हुनेमा त्रिवेणी नगरपालिका ३ बस्ने वीर बहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र चालक चन्द्रमणी रहेका छन्। घाइतेको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ।

मृत्यु भएका नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वा्चित भएका थिए। जिपमा चालकसहित ७ जना सवार रहेका थिए। घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल लगिएको छ।

घटनाको जानकारी लिन प्रहरी नायब उपरीक्षक सागर बोहरासहितको टोली पुगेको छ। चिप्लो र उकालो सडक भएकोले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुने सक्ने अनुमान गरिएको छ।

घटना स्थलमा त्रिवेणी नगरपालिकाका उपप्रमुख राधिका सुनारसहितको टोली पनि रहेको छ।