निषेधाज्ञा उलघंन गरी अवैध रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको काठ सहित ६ जना पक्राउ

निषेधाज्ञा उलघंन गरी अवैध रूपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको काठ सहित ६ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा अबैध सालको काठ सहित ६ जनालाई पक्राउ गरिएको छ। 

सशस्त्र प्रहरीबल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोर्डर आउट पोष्ट ब्रह्मदेव र पशुपतिटोलबाट खटीएको पैदल सीमा गस्ति टोलीले ६० हजार मुल्य बराबरको अबैध सालको काठ बरामद गरेको हो। 

निशेधाज्ञा उलघंन गरि अवैध रुपमा भारतबाट नेपाल भितरर्याउँदै गरेको अवस्थामा सो काठ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। 
यस्तै काठ सहित ६ जनालाई पक्राउ गरिएको छ। उनीहरुलाई आवश्यक कानुनी कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको जनाइएको छ।