अस्वस्थ मुख्यमन्त्री : उपचारका लागि अस्पताल जानु सुखद, उपचार नगराई फकिर्नु दुखत

अस्वस्थ मुख्यमन्त्री : उपचारका लागि अस्पताल जानु सुखद, उपचार नगराई फकिर्नु दुखत

धनगढी : सर्वसाधारणले विरामी हुदा भुईमा उपचार गराउनुपर्ने बाध्यता रहेका बेला प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सेती अञ्चल अस्पतालमा राम्रो वेड नभएको भन्दै निवासमै उपचार गराएपछि त्यसको सर्वत्र आलोचना भएको छ । 

आफै मुख्यमन्त्री भएर पनि प्रदेश ७ को एकमात्र रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा विशिष्ट कक्षको व्यवस्था गर्न नसकेका बेला विशिष्ट कक्ष नभएको भन्दै अस्पतालमा गएर उपचार नगराई फर्किएपछि सामाजिक सञ्जालमा तिव्र आलोचना भईरहेको छ । 
अस्पतालमा तत्काल विशिष्ट कक्षको व्यवस्था गर्नुपर्ने दवाव पनि मुख्यमन्त्रीमा परेको छ । 

आफै मुख्यमन्त्री भएर अस्पतालको स्तरोन्नति गर्न नसकेका बेला अस्पतालमा वेड राम्रो नभएको भन्दै उपचार नगराएरै फर्किएर निवासमा उपचार गराएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका हुन भने आम सर्वसाधारणले पनि मुख्यमन्त्री त्रिलोचन भट्टको आलोचना गरिरहेका छन ।

प्रदेश ७ को एक मात्र रेफरल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पतालमा सर्वसाधारणले वेड नपाएर भुईमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ । 

वेड राम्रो नभएको र सुरक्षालाई मध्यनजर गर्दै उत्तरवेहडीमा रहेको निवासमा नै उपचार गराउनुपर्ने मुख्यमन्त्रीका सहयोगीको सल्लाहपछि चिकित्सकलाई निवासमै लगेर उपचार गराईरहनुभएको हो । 

पदभार ग्रहण गर्नुअघि सेती अञ्चल अस्पतालको अनुगमनमा जानुभएका मुख्यमन्त्री त्रिलोचन भट्टले सर्वसाधारण जनताले छिटो सेवा पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो भने अस्पतालको स्तरोन्नतिका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । तर, करिव ४ महिनापछि आफै विरामी भएर अस्पताल जादा अस्पताललाई नै विरामी देख्नुप¥यो मुख्यमन्त्री भट्टले । 

त्यसैले आगामी दिनमा अस्पतालमै उपचार गर्ने गरि सेती अञ्चल अस्पतालको विकाशमा लाग्नु मुख्यमन्त्रीलाई सर्वसाधारणले सुझाव दिएका छन । 

सरकारले धनगढीलाई प्रदेश ७ को अस्थायी राजधानी तोकेपछि धनगढीमा विशिष्ट व्यक्तिहरु थपिएका छन । तर, विशिष्ट व्यक्तिका लागि सरकारी अस्पतालमा छुटटै वेडको व्यवस्था नहुदा उपचारमा समस्या भईरहेको छ । त्यसैले त्यसका लागि पहल गरिनुपर्ने बताउनुहुन्छ सेती अञ्चल अस्पतालका आकस्मिक कक्षका प्रमुख कृष्ण बहादुर बोहरा ।

सर्वसाधारणले वेड नपाएर भुईमा उपचार गराउनुपर्ने बाध्यता रहेकोबेला आफै मुख्यमन्त्री भएर अस्पतालको स्तरोन्नति गर्न नसकेको आरोप लागेका भट्टले वेड राम्रो नभएको भन्दै उपचार निवासमा गराउनु दुखत कुरो हो । तर, सार्वजनिक पदमा पुग्ने वित्तिकै विदेशमा उपचार गराउन जाने परम्पराको अन्त्य गर्दै उपचार नगराएपनि सेती अञ्चल अस्पताल पुग्नु सकरात्मक छ । 

प्रदेश ७ को मुटु धनगढीमा रहेको सेती अञ्चल अस्पतालको स्तरोन्नती गर्दै कुरा विगत देखि नेताहरुले चर्चामा ल्याउने गरेका छन तर, कार्यान्वयन भने हुन सकेको छैन । त्यसैले अस्पतालको स्तरोन्नतिका लागि अव प्रदेश सरकारले गम्भीर हुर्नेपर्छ । 

सहयोगीकै कारण आलोचित बन्दै मुख्यमन्त्री 

मुख्यमन्त्रीले सेतीमै उपचार गराउन गएका थिए । चिकित्सकले केही समय आफुहरुको निगरानीमा राखेर आराम गराउदै उपचार गर्ने भनेर इमर्जेन्सी कक्षको भित्र रहेको स्टाफ रोम (कर्मचारीको कोठा) मा लगेका थिए । 

त्यहा सामान्य चेकजाच भयो । केहीवेर मुख्यमन्त्रीलाई वेडमा राखेर फोटो खिचियो र फेसवुकमा राखियो । 

तर, मुख्यमन्त्रीका सहयोगीले यस्तो ठाउमा उपचार कसरी गर्ने भनेर डाक्टरलाई प्रश्न गरे । 

त्यसपछि पनि मुख्यमन्त्री भट्टले डाक्टरलाई सोधेका थिए, कतै अरु वेड खाली छैन भनेर । 

तर, सहयोगीले निवासमा नै उपचार गराउनुपर्छ भनेर डाक्टरलाई पनि निवासमा आउन भनेर फकिए । 

केहीवेर सेतीमा मुख्यमन्त्रीले उपचार गराईरहेका फोटा आईरहेका थिए त्यसको केही वरेमा निवासका फोटो । त्यसपछि मुख्यमन्त्रीको सामाजिक सञ्जालमा सर्वत्र विरोध भईरहेको छ ।