डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै डाक्टरहरुले साेमबारदेखि रिले अनसनमा थाल्ने भएका छन् ।
नेपाल चिकित्सक संघको नेतृत्वमा शिक्षण अस्पतालमा बसेको डाक्टरको भेलाले साेमबारदेखि रिले अनसन थाल्ने निर्णय गरेको हो ।
भेलाले देशभरका डाक्टरलाई रिले अनसशमा बस्न आह्वान पनि गरेको संघका अध्यक्ष मुक्ति श्रेष्ठले जानकारी दिनुभयो । डाक्टर केसीको अनसन तोडाउन दिएको ७२ घण्टाको समयमा पनि सरकारले कुनै पहल नगरेको भन्दै डाक्टरले आन्दोलन थालेका हुन् ।
डाक्टरहरुको आन्दोलनका कारण उपचार सेवा प्रभावित हुँदै गएको छ ।यस्तै, अनसनरत डाक्टर केसीको समर्थनमा आवासीय डाक्टरले आजपनि आकस्मिक बाहेकका कक्षमा उपचार सेवा वहिष्कार गरेका छन् ।