फकियो प्रतिपक्ष, अवरुद्ध प्रदेश ७ को संसद सुचारु

फकियो प्रतिपक्ष, अवरुद्ध प्रदेश ७ को संसद सुचारु

धनगढी : प्रदेश ७ को सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि व्यक्ति गर्दै लगातार दुईं दिनदेखि ससद अवरुद्ध गर्दै आएका प्रतिपक्षी दललाई अन्तत सरकारले फकाएको छ ।

बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै प्रतिपक्षी दल नेपाली काग्रेसले र राष्ट्रिय जनता पार्टी (राजपा) ले सोमवार र मगलवार ससद अवरुद्ध पारेका थिए । 
त्यसपछि नै छलफल थालेको सरकारले अन्ततः प्रतिपक्षलाई मनाएको हो । 

छलफलमा बजेटबारे पुनः विचार गर्ने सरकारले आश्वासन दिएसगै दुई दिनदेखि अवरुद्ध ससद पनि बुधवारदेखि सुरु भएको छ । 

बुधवारको प्रदेश सभा बैठकको विशेष समयमा बौल्दै नेपाली काग्रेसका सांसद भरत बहादुर खडकाले आफ्ना माग प्रति सरकार सकारात्मक रहेको बताए ।

‘छलफल सकरात्मक भएको छ । अव छलफलमा भएका सहमति कार्यान्वयन हुनुपर्छ ।’ खडकाले भने ।

सरकारका तर्फबाट बुधवारको प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै समाजिक विकाश मन्त्री दिर्घ सोडारीले प्रतिपक्षी दलको माग प्रति सरकारको गम्भीर रहेको जानकारी गराए ।

बजेटको कार्यान्वयनलाई लिएर प्रतिपक्ष दल बढी चिन्तीत रहेको प्रसंग उल्लेख गर्दै मन्त्री सोडारीले भने, ‘विधी र प्रक्रिया पु¥याएर बजेटलाई कार्यन्वयनमा लैजान्छौ ।’

बुधवारको प्रदेश सभा बैठकमा प्रतिपक्षी दलका असन्तुष्टिलाई सम्बोधन गर्ने सन्र्दभमा विषेश समयको माग भएपछि कार्र्य सुचिलाई हटाइएको थियो । 

प्रदेश सभाको अर्को बैठक विहिवार बिहान ८ बजेको लागि बोलाईएको छ ।