धनगढी । कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरिएको कोरोना अस्पतालसंगै सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष, ग्यालेरी समेत संक्रमितले भरिएको छ ।
संक्रमितहरुको उपचारका लागि बेडको समेत अभाव भएको छ । उपचारका लागि अस्पताल पुगेका संक्रमितहरु बेड नपाएपछि भुईमै बस्न थालेका छन् । अस्पतालले उनीहरुको उपचार भुई मै राखेर भएपनि गरिरहेको छ ।
तस्विर : मनोजराज राईको फेसबुकबाट