प्रेमिकालाई मध्यरातमा भेट्न गएका युवकको भयो यस्तो दुर्दशा !

प्रेमिकालाई मध्यरातमा भेट्न गएका युवकको भयो यस्तो दुर्दशा !

लकडाउका कारण प्रेमीप्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न मध्यराती उनको घर पुगेका छन् । तर त्यहाँ जानु नै उनका लागि अभिशाप बनेको छ ।

युवतीका परिवारले यसको बारेमा थाहा पाएपछि उनीहरुले युवकको कपाल सबै खौरिदिएर बेइजती गरिदिए । यो घटना भारतको मुजफ्फपुरको हो ।

मदार गाउँकी एक युवतीसँग प्रेम गरेका उक्त युवक प्रेमीकालाई भेट्न साथीहरुसँग मध्यराती गाउँ गएका थिए । तर युवतीको परिवारले उक्त कुरा थाहा पाएपछि उनको कपाल खौरिएर बेइज्जती गरिदिएका हुन् । साथै उक्त युवकलाई पिटेका पनि छन् ।

उनको कपाल भने आधा मात्रै खौरिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।