कस्तो बाउ ? दुई वर्षको छोरालाई बेचेर प्रेमिकासँग घुम्न गए

कस्तो बाउ ? दुई वर्षको छोरालाई बेचेर प्रेमिकासँग घुम्न गए

चीनमा एक पिताले आफ्नो दुई वर्षे बच्चालाई बेचेर त्यसबाट आएको पैसाले प्रेमिकासँग देशभ्रमण गरेका छन् । ती व्यक्तिले पत्नीसँग पारपाचुके लिएका थिए र बच्चाको स्याहार गर्न सकेका थिएनन् । त्यसपछि उनले सन्तान बेच्ने निर्णय लिए ।

चच्याङ लिगल डेलीले दिएको खबरअनुसार, सी थर भएका यी व्यक्ति जतिखेर पनि पत्नीसँग झगडा गरिरहन्थे । त्यसपछि उनीहरूबीच पारपाचुके भयो । उनीहरूका दुई सन्तान छन् । महिलाले छोरी राखिन् अनि पुरुषले छोरा राखे । 

सीले छोरोलाई चांग्सु शहरमा बस्ने एक जोडीलाई बेचिदिएको थियो । उसले लगभग २७ लाख रुपैयाँमा छोरो बेचेको थियो । त्यत्तिका रकम पाएपछि ऊ प्रेमिकासँग देशभ्रमण गर्न हिँडेको थियो । 

बच्चाको कुनै खबर नपाएपछि अनि सीले पनि फोन नउठाएपछि प्रहरीलाई खबर गरियो । त्यसपछि प्रहरीले अनुसन्धान गरी सीलाई पक्राउ गरेको थियो । उक्त व्यक्तिले पत्नीसँग मिलेर पहिला पनि दुई छोरीहरू दुई परिवारलाई बेचेको आरोप छ ।