सुदूरपश्चिम प्रदेशमा हरेक बर्ष कुष्ठरोगका नया बिरामीहरु बढ्दै

सुदूरपश्चिम प्रदेशमा हरेक बर्ष कुष्ठरोगका नया बिरामीहरु बढ्दै

सुदूरपश्चिम प्रदेशमा कुष्ठरोगीहरुको संख्या हरेक बर्ष बढ्दै गइरहेको छ । गत आर्थिक बर्षमा मात्रै यस प्रदेशमा कुष्ठरोगका २ सय ९८ जना नया बिरामी फेला परेका छन् ।

बिरामीहरु आफै स्वास्थ्य संस्थामा पुगेर जचाँउने चलन कम रहेको सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मीहरुले आफैले बिभिन्न शिबिरहरु मार्फत कुष्ठरोगीको संख्या पत्ता लगाउने गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रदेशको राजधानी रहेको जिल्ला कैलालीमा सबैभन्दा बढी कुष्ठरोगीहरु फेला परेका छन् ।

प्रदेशको राजधानी रहेको कैलाली जिल्लामा सबैभन्दा बढी कुष्ठरोगीको संख्या पत्ता लागेको छ । सुदरपश्चिम प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा मात्रै गत आर्थिक बर्षमा कुष्ठरोगमा १ सय ७४ जना नया बिरामी फेला परेका छन् ।

कैलालीमा आर्थिक बर्ष २०७३÷०७४ मा पनि १ सय १५ जना नया बिरामी फेला परेका थिए । यसैगरी आर्थिक बर्ष २०७२÷०७३ मापनि कैलालीमा ९८ जना नया बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । 

कैलाली पछि कञ्चनपुर जिल्लामा पनि टूलो संख्यामा कुष्ठरोगी पत्ता लागेका छन् । गत आर्थिक बर्षमा ७५ जना नया बिरामी फेला परेको तथ्यांंक छ । कञ्चनपुरमा आर्थिक बर्ष २०७३÷०७४ मा ४९ जना र त्यसभन्दा अघिल्लो आर्थिक बर्षमा ४५ जना नया बिरामीहरु पत्ता लागेका छन् ।

तराईका जिल्लामा नै कुष्ठरोगका नया बिरामीहरु फेला पर्ने दर बढी रहेको छ । सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा कुष्ठरोग निवारणका लागि सेती अञ्चल अस्पतालमा उपचार केन्द्र स्थापना गरिएको छ । पहाडी जिल्लाहरुका लागि डडेल्धुराको उपक्षेत्रीय अस्पताल उपचार केन्द्रका रुपमा रहेको छ । 

तथ्यांक अनुसार पहाडी जिल्लामध्ये अछाममा सबैभन्दा बढी बिरामीको संंख्या पत्ता लागेको छ । अछाममा गत आर्थिक बर्षमा २८ जना नया बिरामी फेला परेका छन् ।

यस्तै आर्थिक बर्ष २०७३÷०७४ मा १८ र त्यसभन्दा अघिल्लो आर्थिक बर्षमा २९ जना नया बिरामी फेला परेका छन् । प्रदेशभरी गत आर्थिक बर्षमा २ सय ९८ जना नया बिरामी फेला परेका छन् । प्रदेश भरीमा आर्थिक बर्ष २०७३÷०७४ मा २ सय १ र आर्थिक बर्ष २०७२÷०७३ मा २ सय ८ नया बिरामी फेला परेका थिए । 

बिरामी आफै स्वास्थ्य संस्थामा पुगेर जचाँउने चलन नरहेकोले स्वास्थ्यकर्मीले नै पत्ता लगाएकाहरुको संख्याले पनि कुष्ठरोग निवारण हुन नसकेको देखाएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले बताउनुभयो ।

शरीरमा कुनै किसिमको दाग देखियो भने त्यो नचिलाउने र लाटो हुने हुँदा बिरामीलाई त्तकाल कुनै हानी नगर्ने हुनाले बिरामीहरु आफै जचाँउन नआएका कारण बिरामीको वास्तविक त्थांक आउन नसकेको र देखिएको भन्दा संख्या बढी नै रहेको डा. अवस्थीले बताउनुभयो । 

आइतबार ६६ औं बिश्व कुष्ठरोग दिवस मनाइदैछ । ६६ औं कुष्ठरोग दिवसको अवसरमा स्वास्थयकर्मीहरुले रोग लागिसकेपछि यो रोगले निकै पीडा दिने भएकोले यसलाई गम्भीर रुपमा लिएर निवारणमा हातेमालो गर्न आग्रह गरेका छन् ।

रोगलाई निवारण गर्न यस रोगको बारेमा रहेको परम्परागत धारणाबाट बाहिर आउनुपर्ने र शरीरमा कुनै प्रकारको लाटो दाग देखिनासाथ स्वास्थ्य संस्थामा गएर जचाउनु आवश्यक रहेको स्वास्थ्यकर्मीहरु बताउँछन ।