भयाबह बन्दै कोरोना, कैलालीमा थप दुई संक्रमितको ज्यान गयो

भयाबह बन्दै कोरोना, कैलालीमा थप दुई संक्रमितको ज्यान गयो

कैलाली | दोश्रो चरणको कोरोना संक्रमणका कारण कैलालीमा थप दुई पुरुषको ज्यान गएको छ । जिल्लाको गोदावरी नगरपालिकाका एक र लम्कीचुहा नगरपालिकाका एक गरी दुई पुरुषको संक्रमणका कारण ज्यान गएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका ४३ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा विहान साढे ४ बजे मृत्यु भएको हो ।

त्यस्तै गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ६३ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा विहान १ बजे मृत्यु भएको हो ।