सात वर्षकी बालिकाले उठाउँछिन् ८० किलो तौल

सात वर्षकी बालिकाले उठाउँछिन् ८० किलो तौल

सात वर्षका बालबालिका आफ्नो विद्यालयको झोला समेत बोक्न सक्दैनन् । यस उमेरका अधिकांश बच्चाका अभिभावक छोरोछोरीको ब्याक बोकेर कतिले त छोराछोरीलाई नै बोकेर विद्यालयसम्म पुर्याउने गर्छन् ।

तर क्यानडाकी रोरी भ्यान नामकी एक सात वर्षीया बालिका वेटलिफ्टिङ खेल्छिन् । उनी भर्खरै मात्र यूएसए अण्डर ११ र अण्डर १३ यूथ नेशनल च्याम्पियन बनेकी छन् ।

निकै कडा मेहनेत गर्ने ती बालिका संसारकै शक्तिशाली बालिका हुन् । उनी ८० किलोको तौल सजिलै उठाउन सक्छिन् । उनले ६ वर्षको उमेरदेखि वेटलिफ्टिङ गरिरहेकी छन् ।