ससदमा गएनन प्रतिपक्ष दलका सांसद, लगातार दोस्रो दिन बैठक स्थगित

ससदमा गएनन प्रतिपक्ष दलका सांसद, लगातार दोस्रो दिन बैठक स्थगित

फोटो : सोमवारको ससद बैठकमा उठेर विरोध गर्दै विपक्षी दलका सांसद (दायाँ) ।

धनगढी : प्रदेश ७ को प्रदेश सभा बैठक लगातार दोस्रो दिन अवरुद्ध भएको छ । 

प्रतिपक्षी दल नेपाली काग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाउदै विरोध जनाएपछि ससद बैठक दुई दिनदेखि बस्न सकेको छैन ।

सोमवार बैठकको सुरुमै प्रतिपक्षका सांसदले उठेर विरोध जनाएपछि मगलवार दिउसो ४ बजेका लागि बैठक डाकिएको थियो । 

मगलवार पनि बैठक नबसेरै स्थगित गरिएको छ भने अर्को बैठक विहिवार ४ बजेका लागि बोलाईएको छ । 

मगलवारको बैठकमा प्रतिपक्षी दल काग्रेस र राजपाका सांसद अनुपस्थित रहे । 

प्रमुख प्रतिपक्षी दल काग्रेसका ससदीय दलका नेता रण बहादुर रावलले भने, ‘सोमवार हामीले ससद अवरुद्ध गरेपछि सरकारको ध्यानाकर्षण भएको छ । अहिले वार्ता जारी छ । त्यसैले ससदमा गएनौ ।’

अर्थमन्त्री झपट बोहराको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा जारी वार्ता सकरात्मक उन्मुख भईरहेको समेत रावलले जानकारी दिए । 

‘सरकार बजेटबारे हामीले राखेका मागप्रति सकरात्मक देखिएको छ ।’ रावलले भने, ‘वार्ताबारे निष्कर्ष निस्कियो भने विहिवारदेखि ससद सुचारु हुन्छ । नत्र भने सडकमा जान्छौ ।’

बजेट कार्यकर्तामुखी, वितरणमुखी र स्पष्ट कार्यक्रम नखुलाएर डल्लो पारि ल्याईएको भन्दै प्रतिपक्ष दलले विरोध जनाउदै आएका छन भने बजेट सशोधन हुनुपर्ने माग गर्दै आएको छ ।