बझाङमा एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि

बझाङमा एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि

बझाङ । बझाङमा एकै दिन२६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार जिल्ला अस्पतालमा ५६ पुरुष र ३३ महिला गरि ९८ जना, खप्तडछान्ना गाँउपालिकामा ११ जना पुरुष र बित्थडचिर गाँपालिकामा २० पुरुष र ५ महिलागरि २५ जनाको एन्टिजेन विधि बाट परिक्षण गरिएको थियो ।

१ सय २५ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला अस्पतालमा गरिएको परिक्षणमा १७ जना, खप्तडछान्नामा गरिएको परिक्षणमा ४ र वित्थडचिर गाँपालिकामा गरिएको परिक्षणमा ५ जना गरि एकै दिन २६ जनामा कोरोना संक्रमण पुष्टि भयको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

उनका अनुसार शंकास्पद र स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एन्टिजेन विधिबाट परीक्षण गरिएको हो । नयाँ बर्ष सुरु भएसंगै २ सय ५८ पुरुष र १ सय ३२ महिला गरि ३ सय ९० जनामा भएको परिक्षणमा ८३ जनामा कोरोना संक्रमण पुष्टि भयको छ भने एक जनाको मृत्यु समेत भयको छ ।