एउटी बेहुलीसँग बिहे गर्न ४ जना बेहुला पुगेपछि !

एउटी बेहुलीसँग बिहे गर्न ४ जना बेहुला पुगेपछि !

एउटी बेहुलीसँग बिहे गर्नको लागि ४ जना बेहुला पुगेको र कुनै पनि बेहुलाले बेहुली र उनको परिवार भेट्न नसकेको घटना सार्वजनिक भएको छ ।  घटना भारतको भोपालको हो ।

जुमन्यूजका अनुसार कुनै पनि बेहुलाले बेहुली र उनका परिवार फेला पार्न नसकेपछि यो विषय पुलिसमा पुगेको थियो । पछि यो घटना ठगीको भएको खुलासा भएको छ ।

बिहीवार हरदाका एक युवक कोलार क्षेत्रमा रहेको जलकल्याण समितिको कार्यालयमा विवाह गर्न गएका थिए । तर, कार्यालयमा ताला लागेको देखेपछि उनीहरुले छिमेकीहरुसँग सोधे । छिमेकीहरुले उनीहरुले बताएको नामका कोही पनि त्यहाँ नभएको बताए । त्यसपछि बेहुलाले बेहुली पक्षका मानिसहरुको मोवाइल नम्बरमा फोनज गरे तर सबै फोन अफ थिए ।

त्यसपछि बेहुला र आफन्त पुलिस स्टेशन गए । तर, त्यहाँ उनीहरु झनै चकित परे किनकि त्यहाँ अन्य ३ जना बेहुला थिए जो त्यही बेहुलीसँग विवाह गर्न आएका थिए । त्यसपछि उनीहरु विवाहको नाममा ठगिएको खुलासा भएको थियो । सिएसपी भूपेन्द्र सिंहका अनुसार अनुसार अनुसन्धानमा ३ जनाले यो ठगी धन्दा चलाइरहेको खुलासा भएको छ ।

फोन नम्बरका आधारमा यो ठगी धन्दा चलाउनेहरुको खोजी गरी तीन जनालाई पक्राउ गरिएको छ । उनीहरु १ महिला र २ पुरुष भएको बताइएको छ । उनहिरु विवाह गर्न समस्या भएका युवाहरु भएका ठाउँमा जान्थे र त्यहाँ विवाहबारे प्रचार गर्थे । उनीहरु मोवाइल नम्बर पनि दिन्थे जुन नम्बरबाट बेहुलीसँग कुरा गर्ने व्यवस्था गर्थे ।

जब विवाह गर्न चाहने युवाले फोन गर्थे त्यसपछि उनीहरुलाई भोपाल आउन भनिन्थ्यो । भोपालमा ग्याङकै सदस्यले २ सयदेखि ५ सयसम्म दिएर भाडामा युवती ल्याइन्थ्यो र तिनैलाई बेहुलीको रुपमा चिनाइन्थ्यो । त्यसपछि उनीहरुसँग २०–२० हजार रुपैयाँ लिइन्थो । उजुरी गर्नेहरुले आरोपीहरुबाट आफ्नो रकम फिर्ता पाएका छन् । आरोपीहरुलाई हिरासतमा राखी थप अनुसन्धान गरिँदैछ ।