धरहराबाट खसेकी रमिलालाई प्रधानमन्त्रीको सम्मान, रोजगारीको घोषणा

धरहराबाट खसेकी रमिलालाई प्रधानमन्त्रीको सम्मान, रोजगारीको घोषणा

काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट खसेर घाइते भएकी रमिला श्रेष्ठलाई सम्मान गरेका छन् ।

शनिवार नवनिर्मित धरहरा उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले श्रेष्ठलाई सम्मान गरेका हुन् ।रमिला ०७२ साल वैशाख १२ गते गएको भूकम्पको बेला भत्किएको धरहरासँगै दुर्घटनामा परेकी थिइन्।

यसैबीच प्रधानमन्त्री ओलीले धरहरा दुर्घटनामा प्रभावितहरुलाई त्यहाँ सिर्जना हुने रोजगारीको अवसरमा प्राथमिकता दिइने बताएका छन्। शनिवार नवनिर्मित धरहराको उद्घाटन गर्दै उनले सो घोषणा गरेका हुन्। उनले भने, “धरहरा ढलेर जीवन गुमाएका परिवारहरुलाई यहाँ सिर्जना हुने कामको अवसरहरुमा प्राथमिकताका परिवारका एक जनालाई रोजगारीको अवसर उपलब्ध गराइनेछ।’