धनगढीमा आइसोलेसन लग्ने क्रममा ७ जना  कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार

धनगढीमा आइसोलेसन लग्ने क्रममा ७ जना  कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार

धनगढी । धनगढीमा आइसोलेसन लग्ने क्रममा ७ जना  कोरोना संक्रमित एम्बुलेन्सबाटै फरार भएका छन्। बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका उनीहरुलाई ऐन्टिजेन विधिबाट कोरोना संक्रमिण पुस्टि भएको थियो ।

त्यसपछि सेती प्रादेशिक अस्पतालको एम्बुलेन्समा धनगढी उपमहानगरपालिका–१५ कनरीमा रहेको आइसोलेसनमा पठाउने क्रममा सातै जना भागेको त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।

ती संक्रमित भारतीय नागरिकहरु बेलीको जंगलतर्फ भागेकोे बताइएको छ।