माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो एक बजे बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।

नेपाली कांंग्रेससँग मिलेर नयाँ सरकार बनाउने योजना बनेपनि माओवादीलाई त्यो भन्दा पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने दबाब थियो । यसबीचमा समर्थन फिर्ता लिने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने वातावरण बनाउने तयारी भइरहेका बेला संसदको हिउँदे अधिवेशन सोमबारदेखि अन्त्य गरेपछि थप राजनीतिक अन्योलता बढेको छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेका बेला सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले हठात अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्नि सापकोटालाई पठाएकी थिइन् । 

यस्तो बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा मंगलबारको स्थायी कमिटी बैठकमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।