कैलालीका दुई निर्वाचन क्षेत्रमा अब चाडै निर्वाचन हुन्छः पूर्व मन्त्री सोडारी

कैलालीका दुई निर्वाचन क्षेत्रमा अब चाडै निर्वाचन हुन्छः पूर्व मन्त्री सोडारी

कैलाली । कैलालीका दुई निर्वाचन क्षेत्रमा अब चाडै निर्वाचन हुने नेकपा एमाले कैलालीका अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका पुर्ब सामाजिक बिकास मन्त्री दीर्घ सोडारीले बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) घोडाघोडी नगर कमिटी द्वारा आयोजना गरेको नयाँ बर्ष २०७८ सालको सुभकामना आदानप्रदान कार्यक्रममा कैलाली क्षेत्र नं. ३ र ४ मा प्रतिनिधि सभाको जनप्रतिनिधि बिहिन रहेको बताउँदै ६ महिना भित्र निर्वाचन हुने उनले बताए ।

कार्यक्रममा बोल्दै सोडारीले भने कैलाली क्षेत्र नं.३ र ४ का निर्वाचन क्षेत्र बाट माओवादी केन्द्र बाट निर्वाचित सान्सद लाई सोही पार्टीले निलम्बित गरेको छ, क्षेत्रहरु जनप्रतिनिधि बिहिन गराउन मिल्दैन, निर्वाचन आयोगले तुरुन्तै निर्वाचन गराउनु पर्छ ।

यस्तै सोडारीले एमालेमा ओलि प्रवृत्ति अन्त गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए । पार्टीको नवौ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष बनेका भिम रावललाई कसैले कार्बाही गर्न नसक्ने बताए । रगत पसिनाले बनाएको एमाले पार्टी मा स्वघोसित इन्चार्ज अध्यक्ष भन्नेहरु लाई कुनै पनि हालतमा स्वीकर्न नसकिने औल्याए ।

कार्यक्रममा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रदेश सभा सदस्य अम्मर साउद, घोडाघोडी नगर उपप्रमुख प्रेमा थापा लगाएले सुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन पुर्ण जोशीले गरेका थिए ।