गर्भनिरोध चक्की पनि फाइदाजनक ?

गर्भनिरोध चक्की पनि फाइदाजनक ?

अनिच्छित गर्न रोक्न परेमा महिलाहरु गर्भनिरोधक चक्की सेवन गर्छन् । यस्ता चक्कीको सेवनले अनिच्छित तथा असामायिक गर्भ बस्नबाट रोक्छ । जबकी गर्भनिरोधक चक्की अनिच्छित गर्भ रोक्नमा मात्र सिमित छैन । यसका अन्य धेरै फाइदाहरु  छन्, जसले महिलालाई महिनावारी हुन मद्दत गर्नुका साथै पिम्पल्सको समस्याबाट उन्मुक्ति दिलाउँछ ।

त्यसो त, अनिच्छित गर्भधारण गर्नबाट बच्ने अन्य कयौ उपायहरु छन् । तर महिलाहरु भने यस्ता खान नै बढी रुचाउँने गर्छन् । गर्भ रोक्ने उपाय पनि दुई किसिमको हुन्छ , हर्मोनल र नन हर्मोनल ।

हर्मोनल औषधीको प्रयोगले महिलाको हर्मोनमा बद्लाव गरी गर्भ बस्नबाट रोक्छ । त्यस्तै, नन हर्मोनलमा कपर्टी, कन्डोम इत्यादी लगायतका गर्भ निरोधक अस्थाई साधन पर्दछ । जसले गर्भ बस्नबाट रोक्न मद्दत गर्छ ।

महिलाहरु हर्मोनल औषधीको सट्टा यस्ता नन हर्मोनल उपाय प्रयोग गर्न रुचाउँछन् । जबकी नन हर्मोनल उपायको तुलनामा महिलाहरुमा हर्मोन औषधीको प्रयोग बढी लाभदायक मानिन्छ । किनकी यस्ता औषधीको प्रयोगले गर्भ रोक्नेमात्र नभई अन्य धेरै फाइदा गर्दछ ।

मासिक धर्म नियन्त्रित राख्छ

महिनावारी ढिलो हुनुमा हर्मोनले ठूलो भूमिका खेल्छ । खासगरी, महिनावारी हुदाँ बढी रक्तश्राव भएमा वा महिनावारी अनियमित भएमा यस्ता गर्भ निरोधक चक्कीले त्यसलाई नियन्त्रित गर्न मद्दत गर्छ ।  गर्भनिरोधक चक्कीको प्याकेटमा २८ चक्की औषधी हुन्छ ।

यसमा २१ वटा सकि्रय चक्की (हर्मोन सहित) र बाकी सात निस्कि्रय चक्की हुन्छ । निस्कि्रय चक्की सेवन गरेमा महिलाहरुमा महिनावारी हुने गर्छ । त्यसैले, धेरै सकि्रय चक्कीको सेवन गरेर पनि महिलाले आफ्नो महिनावारी नियमित गर्न सक्दछन् । यसले पोलीसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) पनि निको पार्छ ।

हर्मोनल एक्ने सफा गर्छ

शरीरमा हर्मोनको गडबडी भएमा पिम्पल्स आउने गर्छ  ।गर्भनिरोधक चक्कीको सेवनले शरीरमा हर्मोनलाई नियन्त्रित गर्छ । यो चक्कीमा एस्ट्रोजेन तथा प्रोजेस्टेरोन नामक हर्मोन हुने भएकोले यसको सेवनले हर्मोनलाई नियन्त्रित गरी  पिम्पल्सको समस्याबाट समेत छुटकारा दिलाउँछ ।

महिनावारी सम्बन्धि दुखाईबाट छुटकारा दिलाउँछ

एक रिपोर्टमा उल्लेख गरिए अनुसार महिनावारीको दुखाई कम गर्न ३१ प्रतिशत महिलाले गर्भ निरोधक चक्कीको  सेवन गर्छन् । किनकी महिनावारी हुदाँ पाठेघरले प्रोस्टेग्लैडिंग नामक हर्मोनको स्राव गर्छ । यो हर्मोन बढी स्राव भएमा पेट दुख्ने गर्छ । यो हर्मोनले महिनावारीमा गर्भाशयलाई संकुचित बनाउँछ, जसले महिनावारीमा क्राम्प्स हुने गर्छ ।

गर्भनिरोधक चक्की खानाले ओभ्युलेशन कम हुन्छ र प्रोस्टेग्लैडिङ्गको स्राव पनि कम हुन्छ । किनकी सामान्यतया मासिक चक्रका क्रममा प्रत्येक महिना  महिलाको शरीरबाट एउटा अण्डा ओभरी -डिम्बासय)बाट निस्केर गर्भाशयसम्म पुग्छ । तर, जब यो चक्कीको सेवन गरिन्छ, तब अंडा गर्भाशयसम्म आउँदैन जसले गर्दा गर्भाशयमा क्राम्प्स हुँदैन । र, क्राम्प्स नभएपछि पेट पनि दुख्दैन ।

गर्भाशयको क्यान्सरको जोखिम कम गर्छ

एस्ट्रोजेन र प्रोजेस्टेरोन नामक संयुक्त हर्मोनको सेवन गर्नेहरुमा गर्भाशयको क्यान्सर हुने सम्भावना पनि ५० प्रतिशत कम हुन्छ । कतिसम्म भने यो औषधी खान छोडेपनि यसको असर बीस वर्ष पछि सम्म पनि रहिरहन्छ । र, यसले डिम्बासयमा हुनसक्ने क्यान्सरबाट पनि बचाउँछ ।

रक्तअल्पत्राको जोखिम कम हुन्छ

महिनावारीका क्रममा धेरै महिलालाई उच्च रक्तश्राव हुन्छ । जसले गर्दा उनीहरुमा रक्तअल्पत्राको जोखिम पनि धेरै हुने गर्छ । रक्तअल्पत्रा भएमा रगतमा अक्सिजनको आपूर्ति गर्ने हेमोग्लोविनको मात्रा कम हुने गर्छ । जबकी हर्मोनयुक्त गर्भनिरोधक चक्कीको सेवनले महिनावारी हुदाँ धेरै रक्तश्राव हुँदैन र महिनावारीमा कारण हुने रत्तअलपत्रा पनि हुँदैन ।