मौसम पूर्वानुमान : आज र भोलिको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान : आज र भोलिको मौसम कस्तो रहला ?

मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबारको मौसम पूर्वानुमानबारे जानकारी दिएको छ । महाशाखाका अनुसार आइतबार साँझ र सोमबार दिउँसो हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ । 
 
महाशाखाले आज देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशको पहाडी भूभागहरूमा आंशिक बदली  रहेको र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको जनाएको छ । 
 
यसैगरी आइबार दिउँसो दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहनेछ।  भने, पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।