पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

पीएनजीविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

नेपाल र पीएनजी क्रस प्लेअफमा सातौं स्थानका लागि दिउँसो सवा एक बजे हरारेमा खेल्दैछन् र दुवैको एकदिवसीय मान्यता पाउने सम्भावना आजै टुंग्गो लाग्नेछ।

विश्वकप छनोट खेल्न जिम्बावे प्रस्थान गर्नुअघि नेपाली टोलीको स्पष्ट लक्ष्य थियो, एकदिवसीय मान्यता प्राप्त गर्नु। त्यसका लागि नेपालसँग दुई विकल्प थिए। पहिलो, समूहचरणको शीर्ष तीन भित्र रहँदै सुपरसिक्समा स्थान बनाउँने। जसले सोझै एकदिवसीय मान्यता प्राप्त गराउँथे।

तर, समूह चरणमा लगातार सुरुवाती तीन खेल हारेपछि नेपालकोे त्यो सम्भावना सकियो र बाँकी रहेको दोस्रो विकल्पको प्रयोग आज नेपालले पपुवा न्यूगिनी(पीएनजी)सँग खेलेर गर्दैछ। नेपाल र पीएनजी क्रस प्लेअफमा सातौं स्थानका लागि दिउँसो सवा एक बजे हरारेमा खेल्दैछन् र दुवैको एकदिवसीय मान्यता पाउने सम्भावना आजै टुंग्गो लाग्नेछ।