कैलालीको टीकापुरमा अटो र स्कुटर एक-आपसमा ठोक्किँदा २ जना घाइते !

कैलालीको टीकापुरमा अटो र स्कुटर एक-आपसमा ठोक्किँदा २ जना घाइते !

कैलाली । कैलालीमा अटो रिक्सा र स्कुटर एकआपसमा ठोक्किएका छन्। 

जिल्लाको टीकापुर नगरपालिका–१ मा टीकापुरबाट लायकपुरतर्फ जादै गरेको भे १ स ७६४७ को इ अटो रिक्सा र विपरीत दिशाबाट आइरहेको भे १ प७९५८ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा २ जना घाइते भएको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दुर्घटनामा परेर स्कुटर चालक जानकी गाउँपालिका–८ बन्दीपुर बस्ने २३ वर्षीय तिलक खनाल र पछाडी सवार सोही ठाउँका २६ वर्षीय कमलेश थापा रहेका छन्। 

उनीहरुलाई टीकापुरमा सामान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको छ। अटो रिक्सा र चालक जानकी गाउँपालिका–३ बस्ने ३२ वर्षीय दीपक घिमिरेलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको छ।