निर्मला पन्त बलात्कार हत्या बारे ८० लाखमा वन्यो चलचित्र कोपिला

निर्मला पन्त बलात्कार हत्या बारे ८० लाखमा वन्यो चलचित्र कोपिला

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरणको ६ महिना बितिसक्यो । अपराधी पत्ता नलाग्दा दिनप्रतिदिन घटनाले नयाँनयाँ मोड लिइरहेको छ । यसै विषयवस्तुमा आधारित भएर शिवम् अधिकारीले चलचित्र कोपिला निर्माण गरेका छन् ।

८० लाख रुपैयाँ लागतमा निर्माण भएको चलचित्रको छायाँकन चितवनमा गरिएको हो । फिल्ममा निर्मलाको हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्था देखाउन खोजिएको छ । फिल्ममा प्रमुख पात्र निर्मला अर्थात् ‘कोपिला’ को भूमिकामा सञ्जीवनी खरेललाई देख्न पाइनेछ ।