कोरोना संक्रमणको हटस्पट बन्यो भारत

कोरोना संक्रमणको हटस्पट बन्यो भारत

भारतमा यो हप्ता जति संख्यामा कोरोनाका नयाँ संक्रमित भेटिएका छन्, त्यो आधारमा संसारमा भारतलाई ‘कोरोना संक्रमणको हटस्पट’ भन्न गलत हुने छैन । 

शनिबार भारतमा ९३ हजारभन्दा बढी नयाँ संक्रमित पुष्टि भयो र ५ सय भन्दा बढी कोभिड–१९ का कारण मारिए । यो आँकडा पूरा संसारभरी सबैभन्दा बढी हो ।

यदि कोरोना संक्रमणका नयाँ मामिलाको दैनिक संख्यालाई आधार मान्ने हो भने शुक्रबार पछि भारतले अमेरिका र ब्राजिललाई पनि पछि पारेको छ । 

शुक्रबार अघि ब्राजिलमात्रै भारतभन्दा पछाडि थियो । त्यसदिन भारतमा कोरोनाका ६९ हजार संक्रमित पुष्टि भएको थियो र ब्राजिलमा करिब ७२ हजार नयाँ मामिला दर्ता गरिएको थियो । 

तर शनिबार भारतले दुबै देशलाई पछि पारेको छ । भारतमा कोरोना संक्रमणको नयाँ मामिलाको सातदिनको जुन औसत निस्किएको छ, त्यो पनि संसारमा सर्वाधिक छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एक दिनमा कोभिड–१९ का ९० हजारभन्दा बढी मामिला सेप्टेम्बर सन् २०२० का बेला दर्ता गरिएका थिए । 

धेरै संक्रमित सेप्टेम्बर सन् २०२० का बेला दर्ता गरिएका थिए । तर अब एकपटक पुनः कोरोनाका संक्रमित त्यसै गतीमा बढिरहेको छ । 

हरेक दिन कोभिडका कारण भइरहेको मृत्युको आँकडा पनि नोभेम्बर–डिसेम्बर सन् २०२० को स्तरमा पुगिसकेको छ, जब देशमा दैनिक ५ सय भन्दा यो महामारीका कारण मारिएका थिए । भारतमा हालसम्म एक लाख ५४ हजार ११० मानिसहरुको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ । 

कोरोना संक्रमणको कूल मामिलाको हिसाबले भारत संसारकै तेस्रो स्थानमा छ । जोन हप्किन्स युनिभर्सिटीको आँकडा अनुसार भारत र ब्राजिलबीच अब धेरै अन्तर छैन । यस्तै अमेरिका सर्वाधिक संक्रमित (तीन करोड ६ लाख) सहित पहिलो स्थानमा छ ।