प्रदेश स्वयम सेवकका लागि ३६ सय १३ जनाको दरखास्त

प्रदेश स्वयम सेवकका लागि ३६ सय १३ जनाको दरखास्त

धनगढी : सुदुर पश्चिम प्रदेशमा प्रदेश स्वयम सेवकका लागि ३६ सय १३ जनाले दरखास्त दिएका छन ।

पुस २३ गते सुचना प्रकाशित गरेर दरखास्त आह्वान गरेको थियो भने माघ ७ गते सम्म निवेदन दिने समय राखिएको थियो ।

जसमा कैलालीबाट २६ सय २७, कञ्चनपुर २७३, बाजुरा ९०, अछाम १४८, डोटी ३३ बैतडी ४०, दार्चुल्ला ११०, बझाङ १४३ र डढेल्धुराबाट १४९ जनाले दरखास्त दिएका छन ।

सबै भन्दा बढी कैलाली र कम डोटी बाट दरखास्त दिएका छन । अबको केही दिनमै छनोट प्रक्रिया अगाडी बढाइने सामाजिक बिकास मन्त्रालयका सुचना अधिकारी हेमराज खड्काले बताए ।

यसरी भर्ना हुने स्वयम सेवकहरुले एक बर्ष सम्म काम गर्ने र उनीहरुलाई मन्त्रालयको नियम अनुसार भत्ता उपलब्ध गराइने बताएको छ ।

जसमा ११ जना ईन्जिनियर, ४४ जना सव ईन्जिनियर, ११ जना असिस्टेण्ट सव ईन्जिनियर स्यवम सेवकका रुपमा काम लगाइने छ ।

यस्तै स्वास्थ्य प्राविधिक तर्फ ९ जना स्टार्फ नर्स ५ जना, हेल्थ असिस्टेण्ट ११ जना अहेव, २५ जना अनमी, ५ जना ल्यावटेक्नेसियन, ५ जना ल्याव असिस्टेण्ट, आयुर्वेद तर्फ ४ जना बैद्य पनि स्वयम सेवकका रुपमा खटाइने छन ।

यस्तै अमिन ४ जना, कृषि जेटिए ६ जना, र भेटेनरी जेटिए ६ जनाको लागि पनि विज्ञापन निकालिएको थियो ।

मन्त्रालय स्रोतका अनुसार कर्मचारीको अभावका कारण काममा ढिलाई भइरहेकोले कामको सहजताका लागि कम्तिमा पनि दुई बर्ष सम्म स्वयम सेवक कर्मचारीलाई काम लगाइने बताएको छ ।