भट्ट हत्या प्रकरण  :  हालसम्म ४ मुख्य अभियुक्त सहित ७ जना पक्राउ

भट्ट हत्या प्रकरण  :  हालसम्म ४ मुख्य अभियुक्त सहित ७ जना पक्राउ

धनगढी : कैलालीको अत्तरियामा गोदावरी नगरपालिका १ का २० वर्षिय अरुण भट्टको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने थप तिन मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार साँझ अत्तरीया महोत्सव हेरि फर्कर्ने क्रममा भट्टको धारिलो हतियार प्रहार गरी हत्या गर्ने गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय विरेन्द्र शाह, २० वर्षीय प्रमेश मगर र गोदावरी नगरपालिका वडा नम्बर २ बस्ने १९ बर्षिय राजु कडायतलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहलाई गोदावरी नगरपालिका–२ तथा र मगर र कडायतलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए । 

उनले तिनै जनाले भट्टलाई धारिलो हतियार प्रहार गरी फरार रहेको अवस्थामा पक्राउ गरिएको हो । यो सगै पक्राउ पर्नेको सख्या ७ पुगेको छ । यसअघि युवक हत्यामा सलग्न मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का २१ वर्षिय विनोद ऐर र उनलाई भगाउन र लुकाउन सहयोग गरेको आरोपमा डेबिट ऐर, मन्जु चौधरी र लोकेश खत्रीलाई पक्राउ गरि सोमवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो ।

मुख्य अभियुक्तलाई फौजदारी अपराध संहिता बमोजिम जन्मकैदको सजाय हुने र अन्यलाई मुख्य अभियुक्तको आधा सजाय हुने प्रहरीले जानकारी दिएको छ । पक्राउ परेकाहरुको जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।