फिर्ता लिएको बिधेयक प्रदेश सभा सचिवालयमा दर्ता

फिर्ता लिएको बिधेयक प्रदेश सभा सचिवालयमा दर्ता

धनगढी : प्रदेश सरकारले आवश्यक संशोधनका लागि भन्दै फिर्ता लिएको प्रदेश सभा तथा प्रदेश सभा सचिवालय सञ्चालन सम्बन्धी ब्यवस्था गर्न बनेको बिधेयक २०७५ फेरी प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ ।

आइबारको मन्त्रीपरिषद बैठकले संशोधन स्वीकृत गरेपछि आन्तरिक मामिला तथा कानून मन्त्रालयले सो बिधेयक सोमबार दिउँसो सचिवालयमा दर्ता गराएको हो । सरकारले केही बुँदामा संशोधन गर्नुपर्ने देखिएको भन्दै माघ ४ गते प्रदेश सभाको तेस्रो अधिबेशन शुरु हुनु पूर्व बिधेयक फिर्ता लिएको थियो ।

कार्य ब्यवस्था परामर्श समितिको निर्णय अनुसार पहिलो बैठकमै पेश हुने कार्यसूची समेत तय भइसकेपछि बिधेयक फिर्ता भएको थियो । बिधेयक फिर्ता भएपछि प्रदेश सभा सचिवालयले जारी भइसकेको कार्यसूचीमा फेरबदल गर्नुपरेको थियो ।

प्रदेश सभा सचिवालयका कानून अधिकृत तेजप्रकाश जोशीका अनुसार माघ ११ गतेको दोस्रो बैठकमा बिधेयक पेश हुने सम्भावना छ ।