कैलाली भन्सारले २१ दिन अगाढी नै राजस्वको लक्ष्य भेटायो

कैलाली भन्सारले २१ दिन अगाढी नै राजस्वको लक्ष्य भेटायो

धनगढी : कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको राजस्व सकलनको लक्ष्य भेटाएको छ । 

आर्थिक वर्ष सकिन अझै २१ दिन बाकी रहेकै बेला कार्यालयले लक्ष्यभन्दा ४ करोड बढी राजस्व सकलन गरेको जनाएको छ । 

कार्यालयले यस चालु आर्थिक बर्षमा तीन अर्ब ८७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा हाल सम्म ३ अर्ब ९२ करोड ९० लाख राजश्व संकलन भएको निमित्त भन्सार अधिकृत नारायण दत्त जोशीले बताए ।

यसकारण बढ्यो राजस्व

कैलाली भन्सार कार्यालयका अनुसार सबै भन्दा बढी राजश्व पेट्रोलियम पदार्थबाट संकलन भएको छ । संकलन भएको कुल राजश्वको ४० प्रतिशत पेट्रोलियम पदार्थबाट राजश्व संकलन भएको भन्सार कार्यालयको तथ्याङकले देखाएको छ । 

यसका अलावा बिस्कुट, नमकनि, भुजिया, खाद्यबस्तु, ट्याक्टर लगायतका शिर्षकहरुबाट राजश्व संकलन भएको छ । 

पछिल्लो समय पुर्विनाकामा लामो जाम पर्न थाले पछि व्यवसायिहरुले पश्चिमी नाका गौरिफन्टाबाट सामान आयात गर्न थाले सैगै राजश्व संकलनमा पनि वृद्धि भएको भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीले दावी गरे ।

‘जननिर्वाचित सरकारको गठन भएपछि राजश्व संकलनमा बृृद्धी भएको छ ।’ उप्रतीले भने, ‘राजश्व संकलनको लागि नयाँ सरकारले लिएको नीति र सिमा नाकाबाट हुने चोरी तस्करीमा गरिएको कडाइले राजश्व संकलनमा सकारात्मक प्रभाव पारेको छ ।’

नाका क्षेत्रबाट हुने चोरी तस्करी रोक्न जनप्रतिनिधि आफै सक्रिय हुनुले पनि राजश्व संकलनको दायरा बढेको भन्सार कार्यालेले जनाएको छ ।

‘लक्ष्य भन्दा २० प्रतिशत बढी राजस्व सकलन हुने अनुमान’

चाल आर्थिक वर्षका सुरुमा भारतमा जिएसटी र नेपालमा कष्टम कार्ड लागु गरिएपछि सुरुका दुई महिनामा भन्सार कार्यालयलई लक्ष्य भेटाउन मुस्किल परेको थियो ।

त्यसपछिका महिनामा भने कैलाली भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व लकन गर्दै आएको छ । 

‘आर्थिक वर्ष सकिन २१ दिन बाकी रहेकै बेला लक्ष्य भन्दा ४ करोड रुपैया बढी राजस्व सकलन गरेका छौ ।’ निमित्त भन्सार अधिकृत जोशीले भने, ‘लक्ष्यभन्दा करिव २० प्रतिशतसम्म राजस्व सकलन हुने अपेक्षा गरेका छौ ।’