निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानको काम उच्च प्राथमिकता : प्रवक्ता सुवेदी

निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानको काम उच्च प्राथमिकता : प्रवक्ता सुवेदी

धनगढी : नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिइएको बताएको छ ।

निर्मला हत्या प्रकरण प्रतिष्ठाको विषयसमेत बन्न गएको उल्लेख गर्दै नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अझ मेहनतसहित अनुसन्धानको काम उच्च प्राथमिकताका साथ अघि बढाइएको बताए ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उहाले स्थानीयले आवश्यक सहयोग नगरेकाले हत्या प्रकरणको छानवीनमा ढिलाई भएको गुनासो गर्नुभयो । प्रवक्ता सुवेदीले हत्या प्रकरणमा बम दिदीबहिनी बबिता र रोशनीको संलग्नता नरहेको दावी गरे।