५ जना युवा उत्कृष्ट अवार्डबाट सम्मानित

५ जना युवा उत्कृष्ट अवार्डबाट सम्मानित

धनगढी : युवा कार्य नेपालले कैलालीका ५ जना फरक–फरक क्षेत्रका युवालाई नगदसहित उत्कृष्ट अवार्डबाट सम्मान गरेको छ । 

धनगढीमा मंगलवार आयोजित अवार्ड वितरण समारोह तथा शान्ति र समृद्धिका लागि युवा अन्तक्र्रियाबीच नगद १०–१० हजार रुपैयाँसहित ५ जना युवालाई उत्कृष्ट अवार्डबाट सम्मानित गरिएको हो । 

भाषा तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएकोे भन्दै पहुरा थारु दैनिकका सम्पादक प्रेम चौधरी, खेलकुद तथा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकोे भन्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष एंव सुदूरपश्चिमाञ्च एकेडेमीका निर्देशक सुवास शाही तथा आलु रोप्ने मेसिनसहित विभिन्न यन्त्र उपकरण अविष्कार गर्दै आएका युवा वैज्ञानिक राजु रानालाई विज्ञान क्षेत्रमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो ।

त्यस्तै, लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पु¥याएको भन्दै धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख एंव सेती अञ्चल आयुर्वेद अस्पतालका प्रमुख डा. खगेन्द्र बम र उमशिलता विधामा द्वन्द्व पीडित सीता चौधरीलाई सम्मान गरिएको युवा कार्य नेपालले जनाएको छ । 

सम्मानित गरिएका ५ जनालाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले पुरस्कार हस्तान्तरण गरेका थिए ।