युवक हत्या प्रकरण : थप एक जना प्रकाउ

युवक हत्या प्रकरण : थप एक जना प्रकाउ

अत्तरियाका युबक अरुण भट्टको हत्या प्रकरणमा थप एक जनालाई प्रहरी प्रकाउ गरेको छ ।  प्रहरीले अहिले सम्म ७ जना पक्राउ गरेका छन ।

घटनाका मुख्य अभियुक्त भनिएका अत्तरिया नगरपालिका २ का २१ बर्षिय विनोद ऐर यस्तै मुख्य अभियुक्तलाई  सहयोग गरेको भन्दै  धनगढी उपमहानगरपालिका ३ बोराडाडीका २२ बर्षीय डेविट सिं ऐर, भजनि नगरपालिका २ घर भई हाल धनगढी उपमहानगरपालिका २ बस्ने २१ बर्षिया मन्जु चौधरी खडका,धनगढी उपमहानगरपालिका १३ शिवटोल बस्ने २१ बर्षिय लोकेश खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै प्रहरीले गोदावरी नगरपालिका २ बस्ने १९ बर्षका बिरेन्द्र शाही र २० बर्षका प्रमेश मगर र राजु कडायतलाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शनिबार राती अत्तरियामा सम्पन्न प्रादेशिक महोत्सब सकेर घर फर्किने क्रममा गोदावरी नगरपालिका १ बस्ने स्थानिय १८ बर्षिय युबा अरुण भट्टको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो ।