कञ्चनपुरको कृष्णपुरमा स्थापना गरिएको कुखुरा फर्म फष्टाउदै

कञ्चनपुरको कृष्णपुरमा स्थापना गरिएको कुखुरा फर्म फष्टाउदै

धनगढी : सुदुरपश्चिममा दैनिक अनुमानित १ लाख ५० हजार देखी २ लाखसम्म अण्डा खपत हुने गरेका छन् ।

सुदूरपश्चिममा उपभोग गरिने अण्डा बिषेशगरी पुर्वी क्षेत्रका कुखुरा फर्ममै उत्पादन हुने गरेका छन् । सुदूरपश्चिम प्रदेश बिभिन्न सम्भावनाको खानी भएको प्रदेश भनिएपनि यहाँ कृषी तथा पशुपालनमैपनि लगानी न्युन छ ।

बिगत तिन बर्षदेखी कञ्चनपुरको कृष्णपुर वडा नम्बर ९ बिचुवामा तिन जना व्यवसायी मिलेर आर वि एग्रो फर्म सञ्चालन गरिरहेका छन । एकजना ८ बर्ष बिदेशमा बसेका र दुइजना नेपालमै व्यवसाय गरेका व्यक्तीहरु मिलेर सो कुखुरा फर्म सञ्चालन गरेका बताएका छन  ।

करिब ४ करोड लागतमा सञ्चालित एग्रो फर्ममा अँझै लगानीको आवश्यक्ता परेकाले सरकारी अनुदान अपरिहार्य रहेको उनिहरुले बताएका छन्  ।

कृष्णपुर नगरपालिका वडा नम्बर ९ बिचुवामा दुई बिगाहा जमिन लिजमा लिएर तिनजनाले कुखुरा फर्म सञ्चालन गरेका छन् ।

सुदूरपश्चिममा बिषेशगरी बोइलर कुखुरा पाल्नेको सङ्ख्या बढी रहेपनि अण्डा उत्पादन गर्ने कुखुरा फर्म निकै कम रहेका छन् । ८ बर्ष दुवैमा मजदुरी गरी नेपाल फर्केका शंकर साउँद, नेपालमै अन्य व्यापार गरिरहेका नरेन्द्र शाही र रबिन्द्र खड्काले सो कुखुरा फर्म तिन बर्ष अगाडी सञ्चालन गरेका हुन् ।

कुखुरा फर्म सञ्चालन पश्चात यस क्षेत्रको अण्डाको मागलाई केही हदसम्म धानिरहेको छ । स्थानिय ठाउँमा उत्पादित बस्तुको उपभोग गर्ने व्यक्तीहरु बढिरहेकाले उत्पादन भएको अण्डाका लागी बजार अभाव नभएको संञ्चालक संकर साउँदले बताए ।

उनले ८ बर्ष बिदेशमा बशी मजदुरी गर्दा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच बनाएर यस क्षेत्रमा लगानी लगाएको बताए  । हाल आर वि एग्रो फर्मले १६ वटा खोरमा १२ हजार ५ सय कुखुरा पालेको छ । शुरुमा २ करोड लगानी लगाएर कुखुरा पालन शुरु गरेको सो समुहले २ बर्षपछि थप दुई करोड लगानी गरेको छ ।

शुरुको दुई बर्षमा राम्रै आम्दानी भएपछि थप लगानी बढाएको छ । तिनै जनाको जमघटले सुदूरपश्चिमको कृषी तथा पशु पालन क्षेत्रमा लगानी लगाउने योजना पश्चात कुखुरा फर्मको शुरुवात गरिएको फर्मका अर्का सञ्चालक रबिन्द्र खड्काले बताए ।आर वि एग्रो फर्मले ३ बर्ष पुरा गरेको अवशरमा सोमबाट आफ्नो तेश्रो बार्षिकोत्सव सम्पन्न गरेको छ ।

बार्षिकोत्सव कार्यक्रममा  सुदुरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले पञ्च बर्षिय योजनाबाट कृषीमा आत्म निर्भर भई अन्य मुलुकबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यताको अन्त्य हुने उनले बताए ।

देशमा तिन तहका सरकार गठन भएका छन् । कृषक पशुपालकका समस्या पुरानै अवस्थामा छन् ।

कृषक तथा पशुपालकका लागी सरकारले अनुदान तथा शुरक्षित किसिमले काम गर्न सकिने प्रबिधी समेत ल्याउन नसक्दा यो पेषा गर्ने व्यक्तीलाई समाजमा फरक किसिमले हेरिने गरिएको छ । त्यसैले कृषी क्षेत्रमा लगानी लगाएर प्रदेश सरकारले कृषी मैत्री कानुन निर्माण गरी बोलेका बाचा पुरा गर्न जरुरी देखीन्छ ।