पोषण योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पोषण योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढी : बहुक्षेत्रीय पोषण योजना सम्बन्धी सञ्चारकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पोषणका लागि नागरिक समाज सञ्जाल (सिसान) को आयोजनामा भएके कार्यक्रममा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

अभिमुखीकरणमा पोषणको कमीका कारण बालबालिकामा देखिएको असरका बारेमा जानकारी दिइएको थियो । सुदूरपश्चिम प्रदेशमा कुपोषणग्रस्त बालबालिकाको अवस्थामा केही सुधार आएको सुआहारा कार्यक्रममा कैलाली जिल्ला संयोजक लोकेन्द्र थापाले जानकारी दिनुभयो ।