एकदिवसीय खेल्न जाने क्रिकेट टोलीको बिदाइ

एकदिवसीय खेल्न जाने क्रिकेट टोलीको बिदाइ

युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशबकुमार बिष्टले एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेका हुन् । 

कार्यक्रममा सदस्यसचिब बिष्टले सीमित स्रोतसाधनमा महत्वपूर्ण उपलब्धी हासिल गरेका खेलाडीले युएईविरुद्धको सिरिज जितेर फर्किने बताए । कप्तान पारस खड्काले युवा खेलाडीसहित टोली सन्तुलित रहेकाले राम्रो प्रदर्शन गर्ने बताए।

चार नयाँ अनुहार भिम सार्की, पवन सर्राफ, अविनास बोहरा र सन्दीप जोरासहितको नेपाली क्रिकेट टोली आज अपरान्ह ४ बजे दुबई प्रस्थान गर्नेछ । नेपालले सबै खेल दुबईस्थित आइसिसी एकेडेमी ओभलमा खेल्नेछ ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपालले खेल्न लागेको यो दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला हो भने ट्वान्टी–२० अन्तर्राष्ट्रिय पहिलो हो । यसअघि नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको एकदिवसीय शृंखला खेलेको थियो । उक्त शंखला १–१ को बराबरीमा टुंगिएको थियो । 

यूएईविरुद्धको खेल तालिका
माघ ११ गते, पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय 
माघ १२ गते, दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय
माघ १४ गते, तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय
माघ १७ गते, पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय
माघ १८ गते, दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय