डडेल्धुरामा चट्याङ लागेर दुईको मृत्यु, चार घाइते

डडेल्धुरामा चट्याङ लागेर दुईको मृत्यु, चार घाइते

डडेल्धुरा : डडेल्धुराका फरकफरक स्थानमा चट्याङ लागेर आज बिहान दुईजनाको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन्। मृत्यु हुनेमा गन्याधुरा गाउँपालिका–५ गनेडा गाउँकी १२ वर्षीया रोशनी देउवा र आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।

देउवाको उपचारका क्रममा डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल र थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।

भुवनेश्वरी माविमा पढिरहेको अवस्थामा एक्कासी चट्याङ लागेर १३ वर्षीया रोशनी गम्भीर घाइते भएको र जिल्ला सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा उनको उपचारका क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक केसीले बताउनु भएको छ ।

यस्तै आलिताल गाउँपालिकाकै वडा नं ५ भित्रीसैनमा पनि चट्याङ लागेर चार जना घाइते भएका छन्। घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिसा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन्। चारै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याईएको प्रहरीले जनाएको छ।