आफ्नो नगरक्षेत्रभित्र प्रदूषणको प्रतिकूलता नदेखिएकाले नियमित रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन

आफ्नो नगरक्षेत्रभित्र प्रदूषणको प्रतिकूलता नदेखिएकाले नियमित रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन

दार्चुला। वायु प्रदूषणका कारण सरकारले मङ्गलवारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि दार्चुलाको महाकाली नगरपालिकाले भने शिक्षण संस्था नियमित सञ्चालन गर्ने भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमवार विज्ञप्ति प्रकाशित गरी मङ्गलबारदेखि चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो । 

त्यसको केही समयपछि नगरपालिकाको एक सूचना जारी गर्दै विद्यालय नियमित रूपमा सञ्चालन गराउन निर्देशन दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर विजय भुर्तेलद्वारा जारी विज्ञप्तिमा नगरक्षेत्रभित्र हालसम्म वातावरणीय प्रदूषणको प्रतिकूलता नदेखिएकाले विद्यालय नियमित रूपमा सञ्चालन गर्न सूचित गरिएको छ ।