दिनेश ठकुल्लाको निर्देशन रहेको मोज मस्ति भर्जिङ–२ को भिडियो सार्वजनिक

दिनेश ठकुल्लाको निर्देशन रहेको मोज मस्ति भर्जिङ–२ को भिडियो सार्वजनिक

धनगढी : मोज मस्ति भर्जिङ–२ लोक पप गीतको भिडियो सार्वजनिक भएको छ । दिनेश ठकुल्लाको निर्देशनमा निर्माण भएको भिडियोमा शब्द संगीत तथा ¥याप र स्बर गोकुल बाब्लिको रहेको छ । 

आशिष मगर र निर्जला मगरको अभियन देख्न पाईने भिडियोको बजार ब्यबस्थापन करण फिल्मस प्रोडुकशनले गरेको छ भने  क्यारामेनमा जनक राज अधिकारीले साथ दिएका छन । 

मोज मस्ति भर्जिङ–२ गीतको भिडियो निर्देशन गरेका दिनेश ठकुल्लाले यसअघि कालोदिन, छिनछिन चुरा, मुरी मुरी माया लगायतका भिडियो निर्देशन गरिसकेका छन । निर्देशनमा दख्खल राख्ने ठकुल्ला अभिनयका क्षेत्रबाट पनि आफनो नाम चिनाउन सफल छन ।