धारिलो हतियार प्रयोग गरि युवकको हत्या गर्ने थप दुई मुख्य अभियुक्त पक्राउ

धारिलो हतियार प्रयोग गरि युवकको हत्या गर्ने थप दुई मुख्य अभियुक्त पक्राउ

धनगढी : कैलालीको अत्तरियामा गोदावरी नगरपालिका १ का २० वर्षिय अरुण भट्टको धारिलो हतियार प्रयोग गरी हत्या गर्ने थप दुई मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार साँझ अत्तरीया महोत्सव हेरि फर्कर्ने क्रममा भट्टको धारिलो हतियार प्रहार गरी हत्या गर्ने गोदावरी नगरपालिका–२  बस्ने १९ वर्षीय विरेन्द्र शाह र र २० वर्षीय प्रमेश मगरलाई प्रहरीले पक्राउ परेको हो । 

शाहलाई गोदावरी नगरपालिका–२ र मगरलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जानकारी दिए । 

उनका अनुसार शाह र मगरले भट्टलाई धारिलो हतियार प्रहार गरी फरार रहेको अवस्थामा पक्राउ गरिएको हो ।

यसअघि युवक हत्यामा सलग्न मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ का २१ वर्षिय विनोद ऐर र उनलाई भगाउन र लुकाउन सहयोग गरेको आरोपमा डेबिट ऐर, मन्जु चौधरी र लोकेश खत्रीलाई पक्राउ गरि सोमवार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको थियो । 

मुख्य अभियुक्तलाई फौजदारी अपराध संहिता बमोजिम जन्मकैदको सजाय हुने र अन्यलाई मुख्य अभियुक्तको आधा सजाय हुने प्रहरीले जानकारी दिएको छ ।