कुपोषित बालबालिकाहरुको स्वास्थ्य सुधार गर्न दार्चुलामा स्वास्थ्यकर्मीहरुलाई तालिम

कुपोषित बालबालिकाहरुको स्वास्थ्य सुधार गर्न दार्चुलामा स्वास्थ्यकर्मीहरुलाई तालिम

दार्चुलामा कुपोषित बालबालिकाहरुको स्वास्थ्य सुधार तथा कुपोषण सम्बन्धी समुदायमा सचेतना फैलाउनका निम्ति स्वास्थ्यकर्मीहरुलाई नौगाड गाउँपालिकामा वृहत पोषण तथा क्षमता अभिवृद्धि तालिम दिइएको छ ।

स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धि गराई महिला, बालवालिका, किशोरीहरुको पोषणको अवस्था सुधार गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताइएको छ ।

स्वास्थ्य र पोषण सम्बन्धी नीति, गर्भवती, सुत्केरी तथा नवजात शिशु स्याहार, परिवार नियोजनलगायतका विषयमा केन्द्रित रही तालिम सञ्चालन गरिएको जनाइएको छ । सात दिनसम्म सञ्चाल गरिएको सो तालिम शनिबार सम्पन्न भएको हो ।