खानेपानी मन्त्री बिना अस्पताल भर्ना, सासु आइसियूमा, बुहारी जनरल वार्डमा

खानेपानी मन्त्री बिना अस्पताल भर्ना, सासु आइसियूमा, बुहारी जनरल वार्डमा

खाने पानी तथा सरसफाइ मन्त्री बिना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छिन। उनलाई भाइरल ज्वरोको कारण धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो।

गत आइतबार प्रचण्ड पत्नी सीता पनि सुमेरु अस्पतालमै भर्ना भएकी थिइन। अस्पताल भर्ना भएदेखि नै सितालाई आइसियूमा राखिएको छ भने बिनालाई जनरल वार्डमा राखिएको छ।

डा शर्माका अनुसार सीता र बिना दुबैलाई भाइरल ज्वरो आएको कारण अस्पताल भर्ना गरिएको हो। लामो समयदेखि बिरामी सितालाई इन्फेक्शन हुने डरले मात्र आइसियूमा राखिएको हो। उनले भने,' उहाँलाई (सिता) जनरल वार्डमा राख्दा धेरै मानिसहरू आउने र झन् गाह्हो बनाउने भएले आइसियूमा राखिएको हो।'

शर्माको अनुसार सिताको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। आइसियूबाटमा बाहिरा राख्दा खतरा हुने भएकाले मात्र त्यहाँ राखिएको हो। शर्माले भने, ' परिवारलाई नै भाइरल ज्वरो आएछ।'

शर्माका अनुसार पुरानो नशाको बिरामीको कारण सीता पहिलेदेखि कमजोर छिन्। उनलाई चिसोले दु:ख दिएको छ। उनलाई एण्टिबायोटिक र अरू औषधि चलाइरहेको छ। शर्माले भने , 'डराउनुपर्ने अवस्था छैन। एकदुइ दिनमा घर लैजान्छौँ।'