कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मल्ल

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मल्ल

कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जंग बहादुर मल्ल निर्वाचित भएका छन् । संघको १६ औँ कार्यकारी समितिका लागि भएको निर्वाचनमा मल्ल अध्यक्षमा चुनिएका हुन् । 

अध्यक्षका लागि भएको चुनावमा मल्लले एक हजार ६ सय ५८ र उनका प्रतिद्वन्दी सञ्जिवचन्द भट्टले एक हजार ३ सय ८१ मत ल्याएका थिए । बरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी, वाणिज्य उपाध्यक्षमा मदन राज पन्त, उद्योग उपाध्यक्षतर्फ हेमराज जोशी, महासचिवमा बाबुदेव जोशी, सचिवमा गणेश दत्त चटौत, कोषाध्यक्षमा निर्मला भट्ट (सापकोटा) निर्वाचित भएका छन् ।

यस्तै सदस्यमा कृष्णदेव भट्ट, कृष्णानन्द भट्ट, विवेकराज जोशी, यज्ञराज भट्ट, धिरज बहादुर चन्द, महेशराज जोशी र चेतराज जोशी निर्वाचित भएका छन् । कुल चार हजार ६६ मतदातामध्ये तीन हजार ८५ मत खसेको थियो । खसेका मतमध्ये ३७ मत बदर भएकाे थियाे ।