नेपालमा पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १२० जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ८ सय ९१ पीसीआर नमुनाको परीक्षणमा बिहीबार १ सय २० जनामा संक्रमण देखिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ । यस्तै २४ घण्टामा ८५ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७२ हजार २ सय ७२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १ हजार २ सय १७ रहेको छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २० रहेको छ । पीसीआर परीक्षण भने २२ लाख ५१ हजार ८ सय ८४ रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ५५ जना छन् ।