लालझाडी युवा क्लबको आयोजनामा निशुल्क स्वास्थ्य सिविर हुने

लालझाडी युवा क्लबको आयोजनामा निशुल्क स्वास्थ्य सिविर हुने

कञ्चनपुर : कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालीका १०मा रहेको लालझाडी युवा क्लव ११ को आयोजनामा  एक दिने निःशुल्क आखा सिविर हुने भएको छ ।

श्रीनगर डेन्टल धनगढी को सहयोग मा माघ १६ गते श्री बिजय मावि  बिकासबस्तीमा एक दिने निशुल्क आखा तथा दन्त(दात) रोग को स्वास्थ्य शिविर सञ्चालन हुने कल्बले जनाएको छ ।

लालझाडी युवा क्लब ११ का संयोजक काशिराम बोहराले  सम्पुर्ण नगरवासी हरुमा  यस स्वास्थ्य शिविरमा सहभागी भई मौकाको  फाईदा लिन आग्रह गर्नुभयो ।

उहाँले नगरबासीका लागी सहजहोस भन्ने उद्धेश्यले निशुल्क आखा सिविर कार्यक्रम गर्न लागेको बताउनुभयो।

उहाँले यस कल्बले समाजिक कार्य गर्दै आईरहेकाले अझै समाजको हितकालागी अगाडी बढ्ने बताउनुभयो ।