सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य स्थिर, चाँदीमा सामान्य गिरावट, कतिमा हुदैँछ कारोबार ?

बुधबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रही ८६ हजार ७ सयमा नै कारोबार भइरहेको छ ।

यसअघि मंगलबार पनि छापावाला सुन तोलाको ८६ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।