भारतले नेपाली भूमि मिचेर तटबन्ध बनाउँदा सरकार मौन समर्थन गरिरहेको छ : सांसद बडू

भारतले नेपाली भूमि मिचेर तटबन्ध बनाउँदा सरकार मौन समर्थन गरिरहेको छ  : सांसद बडू

भारतले नेपाली भूमिलाई आफ्नो भूमिमा पार्ने गरी तटबन्ध निर्माण गर्दा नेपाल सरकारले मौन समर्थन गरेको नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद बडूले समय माग गरेर दार्चुलामा भारतले नेपाली भूमिलाई भारततर्फ पार्ने गरी भइरहेको निर्माणको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

'दार्चुला सदरमुकामको गल्फै गाउँमा नेपाल सरकारको जानकारीबिना भारतले एकतर्फी ढंगले नेपाली भूमि आफूमा समेटेर तटबन्ध बनाइरहेको छ,' दार्चुलाका सांसद बडूले भने, 'भारतका एसडीएम र डीएमसँग भनियो तर कुनै सुनुवाइ भएको छैन । जनताले पटकपटक विरोध गर्दा पनि केही जवाफ आएको छैन ।

पटकपटक ताकेता भएको छ गृहमन्त्रालयमा तर नेपाल सरकार मौन समर्थथन गरिरहेको छ ।बडूले ३५ हेक्टर नेपाली भूमिमा भारततिर जान लागेको बडूको भनाइ छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारीले केन्द्रमा सरकारले नै पहल गर्नुपर्ने तर केही नगरेको भनेर गुनासो पोखेको बताए ।