ट्राफिक प्रहरी कार्यालय कैलालीद्धारा धनगढीमा ट्राफिक सचेतनामुलक कक्षा सञ्चालन

ट्राफिक प्रहरी कार्यालय कैलालीद्धारा धनगढीमा ट्राफिक सचेतनामुलक कक्षा सञ्चालन

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले नेपाल वेष्टर्न एकेडेमी कलेजमा ट्राफिक सचेतनामुलक कक्षा सञ्चालन गरेका छन ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार बिहान १० बजेदेखि ११ बजेसम्म धनगढी उपमहानगरपालिका वडा नं. ०२ स्थित नेपाल वेष्टर्न एकेडेमी कलेजका बीबीए-बीआई र बीएचएम मा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक सचेतनामुलक कक्षा दिईएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बिरेन्द्र बहादुर बोहराका अनुसार नेपाल वेष्टर्न एकेडेमी कलेजका १५० जना छात्र छात्राहरुलाई ट्राफिक सचेतनामुलक कक्षा दिईएको हो ।

उनीहरुलाई सवारी सम्बन्धी ऐन कानुन, लेन अनुशासन, सुरक्षित सडकको प्रयोग, ट्राफिक नियम तथा संकेतको पालना सम्बन्धी ट्राफिक सचेतना मुलक प्रशिक्षण दिईएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।